इटहरी सुनसरीको इटहरी उपमहानगरमा आगामी फागुन २३ देखि २७ गतेसम्म कोरोना खोप लगाइने भएको छ ।
१२ वटा खोप केन्द्रहरुबाट खोप लगाइने भएको हो । इटहरी वडा नम्बर ६,७,८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । त्यस्तै फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा, वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा,वडा नम्वर ४ को सामुदायिक अस्पताल र वडा नम्वर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ ।
यसैगरि १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । वडा नम्वर १० को मनमोहन प्रा.वि मा फागुन २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म कोरोना विरुद्धको खोप लगाइने छ ।
वडा नम्वर १४, १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म, वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते, वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
तेश्रो चरणमा ५५ बर्षमाथिका जेष्ठ नागरिक,विद्यालयका शिक्षक कर्मचारी,नीजि स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी,सार्वजनिक स्वास्थ्य सस्थाका चालक सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ । खोप अभियान सफल वनाउन जनप्रतिनिधि ,स्वास्थ्यकर्मी,खोप कार्यकर्ता र सरोकारवाला विच छलफल गरिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP