झापा कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बुधबार दिउँसो को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको प्र १ ०१ ००१ च ०१६७ नम्बरको कार र प्र १ ०१ ०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान–१६ का २८ बर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ–१ का ३० बर्षीय दिलिप राना मगर गम्भीर घाइते भएका थिए । उनीहरूको बिएन्ड सि अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, कारमा सवार दिलिपकी श्रीमती ३० वर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र मोटरसाईकल पछाडि सवार निजकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ भने घाइते भएका छन् ।
घाइते चारै जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक चालक मोरङ विराटनगर–१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP