नेकपा प्रचण्ड माधव समूहले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । सो समूहको केन्द्रीय समितिको आज बसेको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो ।
बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाएको छ ।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टी आचरण विपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरेको हो।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP