प्रदेश १ सभाको बिहीबार बोलाइएको बैठक चैत २ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख प्रदिपकुमाार भण्डारीले भोलि अर्थात् बिहिबार दिउँसो २ बजेका लागि बोलाएको प्रदेशसभा बैठक विशेष कारणले चैत २ गते सम्मका लागि स्थगित गरेको बताए ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फागुन ९ गते प्रदेशसभामा प्रवेश पाएको छ । उक्त प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु हुने अवस्थामा सभामुख भण्डारीले बैठक मिति परिवर्तन गरेका हुन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP