नेपाल कम्युनिस्ट पार्टी नेकपा –माधव प्रचण्ड० समूहका अध्यक्ष माधव कुमारले नेपालले भरत मोहन अधिकारीलाई सिङ्गो पार्टी तथा देशले कहिले पनि बिर्सन नसक्ने बताएका छन् । मोरङको विराटनगरमा भरत मोहन स्मृति फाउन्डेसनले आयोजना गरेको भरत मोहन अधिकारी दोस्रो स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष नेपालले २०५१ सालमा अर्थमन्त्री भएको समयमा वृद्धावद्धलाई एक सयबाट सामाजिक सुरक्षा भत्ता अधिकारीकै पालादेखि आज सम्म रहेको बताए । नेपालको इतिहासमा ४ पटक सम्म अर्थमन्त्री भएको एक लोकप्रिय नेताकै कारण तत्कालीन नेकपा एमाले पार्टी हरेक जनताको मनमा बस्ने सकेको समेत बताए । अध्यक्ष नेपालले स्वर्गीय भरत मोहन अधिकारीको राजनीतिमा गरेको योगदानको उच्च सम्मान गरेको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा फाउन्डेसनका उपाध्यक्ष सोम प्रसाद पाण्डेले भरत मोहन अधिकारीले पार्टी, राजनीतिमा पुु्र्याएको योगदानको कदर गर्नु पर्ने बताए । पाण्डेले तत्कालीन समयमा अर्थमन्त्री अधिकारी भएका बेला ‘जब सम्म गाउँ विकास हुँदैन तब सम्म देशको विकास सम्भव नहुने
भन्दै आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने कार्यक्रम नै नेपालको लागि तथा गाउँका लागि कोशे ढुङ्गा रहेको बताए ।
कार्यक्रममा भरत मोहन अधिकारीका समकक्षी, जनगायक जेबी टुहुरे लगायत पार्टीमा अतुलनीय योगदान गरेको भन्दै विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP