आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ ।
३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा झापाको अर्जुनधारा–१० कालीझोडाका ३३ वर्षीय वसन्त राई पक्राउ परेका हुन् ।
कुसुमको घरमा दुवै जनाले मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा वसन्तले उनीमाथि दाउ प्रहार गरेको प्रहरीको भनाइ छ । दाउ प्रहारबाट घाइते भएका कुसुमको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP