प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् ।
पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज (सोमबार) सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए ।
उनले भने ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’
उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए । ‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्याउन हुन्न,’ उनले भने।
सरकारले विकास निर्माणका काम गरिरहेकोले आफूमाथि प्रहार केन्द्रीत रहेको ओलीको दाबी थियो।
‘विकासको बाटोमा तीब्र गतिले अगाडि बढेका छौं। त्यसैकारण देश, विदेशका तत्वहरू यस पार्टीलाई ध्वस्त पार्न कोशिस गरिरहेका छन्। लागेका छन्,’ उनले भने।
उनले आफूमाथि प्रहार भइरहेको उल्लेख गर्दै, ‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले र सरकार ठिक ढंगले चलाइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ। तपाईंहरूले देख्नुभएको छ, सम्पूर्ण रूपमा ममाथि प्रहार अत्यन्तै तीब्र गतिले केन्द्रीत छ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP