धादिङमा डोजरले फालेको माटोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ की ४५ वर्षीय सरस्वती कुमाल रहेकी छिन् ।
त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा सोमबार सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा उनी पुरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP