प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बिशाल भट्टरार्ईलाई नियुक्त गरेका छन् । यसअघि उक्त पदमा रहेका देव गुरूङलाई कारबाही गर्दै ओलीले भट्टराईलाई नियुक्त गरेका हुन् ।
शुक्रबार गुरूङलाई जिम्मेवारीमुक्त गर्दै उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको हो। नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा लागेर प्रधानमन्त्री तथा संसदीय दलका नेताविरूद्ध गतिविधि गरेपछि कारबाही गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।
प्रचण्ड–नेपाल समूहमा लागेर गुरूङले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउनका लागि मत दिएका थिए। उक्त समूहले संसदीय दलको नेतामा प्रचण्डलाई निर्वाचित गरेको जनाएको थियो।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP