इटहरी जेसिजको आयोजनामा फागुन २२ गते हिपहप फेस्टिभल हुदैं

दिप खबर
फाल्गुन १४, २०७७


नेपाल मै पहिलो पटक इटहरी जेसिसको आयोजना मा हिपहप फेस्टिभल हुने भएको छ । इटहरी को इम्पेरियल होटलमा यहि फागुन २२ गते हुन लागेको हो । लोकल राइम्स र्याप ब्याटल जसमा पूर्व लगायत देशभरका र्यापर को उपस्थिति रहने कार्यक्रमका संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।
के हो हिपहप ?
नेपालमा र्याप ब्याटल को सुरुवात यम बुद्धले दशक अगाडि गरेका थिए । धेरै चर्चित र्यापर लाउरे, यूनिक पोइटहरुको जन्म पनि त्यही बाट भएको थियो । ग्रर्याफिटि आर्ट, बिटबक्स , बि बोइङ, डिजे, र्याप हिपहप को सबै तत्व हरुलाई यस हिपहप फेस्टिभलमा समेटिएको छ ।
हिपहप शब्द भन्ने बित्तिकै ट्यापे संगीत र आभारा हरुको समूह हो भन्ने आम बुझाई समाजमा छ। बास्तवमा गहिराइ मा जाने हो भने हिपहप ले शान्ति , प्रेम , एकता, रमाइलो को ब्याख्या गर्दछ । आफू भित्रको पिडालाई संगीत को माध्यम बाट आम मानिसमा जोडेर नया उर्जा पनि हिपहप ले नै दिन्छ ।
अहिलेको परिभेषमा धेरै यूवाहरु हिपहप प्रति आकर्षित छन् । यस्तो कार्यक्रम इटहरी जेसिसले मात्र नभई नेपाल का हरेक जेसिस शाखा हरुले आयोजना गर्दा धेरै यूवाहरु मा सकारात्मक सन्देश जाने श्रेष्ठको भनाई छ ।
जेसिसको इतिहास हेर्दा पनि हेनरी जेसनबायर ले आफ्नो साथीहरू संग मिलेर डान्स क्लब को सुरुवात बाट नै जेसिस को जन्म भएको र हिपहप को जन्म पनि अमेरिका मै काला र गोरा जातिको डान्स ब्याटल बाट नै भएको ले जेसिस र हिपहप एक अर्का सँग जोडिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP