सगरमाथा आरोही संघको अध्यक्षमा माया शेर्पा र सचिवमा मदन चुँडाल निर्वाचित भएका छन्।
विहीबार राजधानीमा भएको निर्वाचनबाट संघको प्रथम उपाध्यक्ष दिवस पोखरेल, द्वितीय उपाध्यक्ष लाक्पा शेर्पा भए भने महासचिवमा शिवबहादुर सापकोटा निर्वाचित भएका हुन् ।
भुपेन्द्र पोखरेल प्रमुख निर्वाचन आयुक्त तथा ईश्वर पोखरेल निर्वाचन अधिकृतको निर्वाचन मण्डलका अनुसार कोषाध्यक्षमा दिकी शेर्पा, सदस्यहरूमा सोनाम शेर्पा र मिङ्मा डेबिट शेर्पा निर्वाचित भएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP