इटहरीका २० वर्षीय युवाले गरे आत्महत्या

दिप खबर
फाल्गुन १३, २०७७


सुनसरीको इटहरी २० तरहरामा कोठा भाडामा बस्दै आएका २० वर्षीय एक व्यक्ति मृत फेला परेका छन् ।

प्रहरीका अनुसार तरहरास्थित धनपुरी टोलमा कोठा भाडामा बस्दै आएका खोटाङ निमर्ली डाँडा घर भएका २० वर्षीय नीमा शेर्पा मृत फेला परेका हुन् ।

‘वालको एउटा रडमा पासो लगाएर झुण्डिएको र झुण्डिएको अवस्थामा बचाउन खोज्दा मृत फेला परेको भन्ने सूचना आएर घटनास्थलमा आएका हौँ,’ एक प्रहरीले भने, ‘घटना राती साढे ११ बजेतिरको हो, अहिले मृतक शेर्पाको शव पोष्टमार्टमका लागि पठाइएको छ ।’

प्रहरीका अनुसार उनको शब पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको छ । मृतकले मादक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘मापसे गरेका कारण आवेशमा आएर आत्महत्या नै गरेको हुन पनि सक्छ, हामी थप अनुसन्धानकै क्रममा छौँ, पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै बाँकी कुरा भन्न सकिन्छ ।’ उनले भने ।

स्थानीयका अनुसार धनपुरी टोलमा मृतक शेर्पा र उनका आमा कोठाभाडामा बस्दै आएका थिए । उनी स्थानीय एक कारखानामा मजदुरी गर्दै आएको स्थानीयले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP