लायन्स क्लब अफ इटहरी पचरुखी र पचरुखी युवा क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत सङ्कलन भएको छ ।
रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आज बिहीबार इटहरी ५ स्थित पचरुखी चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत सङ्कलन भएको हो ।
पछिल्लो समय रगत अभाव भइरहेको र यसलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ इटहरी पचरुखीका अध्यक्ष विक्रम घिमिरेले बताए । “लायन्सको नियमित कार्यक्रम भित्र पर्ने र रगतको अभाव पनि भएको कुरालाई मध्यनजर गरी यो कार्यक्रम गरिएको हो ।” उनले भने ।
पचरुखी युवा क्लबका अध्यक्ष पीताम्बर पोखरेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP