नेकपा प्रचण्ड-माधव समुहका अध्यक्षले गरे पदभार ग्रहण, सचिवले गरे पद अस्वीकार

दिप खबर
फाल्गुन १२, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहका भोजपुर जिल्ला सचिव विमल खड्काले आफ्नो पद अस्वीकार गरेका छन् । बरियताक्रम नमिलेको भन्दै खड्काले सचिव पदवाट राजीनामा घोषणा दिने भएका हुन् ।

पूर्वमाओवादी खेमाका खड्का यसअघि २०७५ सालमानै नेकपा जिल्ला सचिव रहेकोले अव पनि सोहि पदमा वस्नु उपयुक्त नहुने भन्दै रिक्त रहेको स्थानमा अन्य व्यक्तिलाई राख्नुपर्ने भन्दै राजिनामा दिएको दिप खबरलाई जानकारी गराएका छन् । उनले टेलिफोन सम्पर्कमा भने “ तत्कालिन माओबादी केन्द्र हुदाँ पनि सचिव थिए, पार्टी एकता हुदाँ पनि सचिव फेरि अहिले पनि सचिव हुँ भन्न मनले मानेन ।’’उनले केही दिन अघि पनि सामाजिक सञ्जालमा पदमा नरहेको बताउँदै मेरो नाममा सामाजिक सञ्जालमा आएको बधाई २०७५ सालमै आएको हुँदा अब उपयुक्त नहोला, चाडै अर्को कामरेड मबाहेक सचिव हुनुहुनेछ” खड्काले लेखेका छन्, “हाम्रो कार्यालय सदस्य कमरेड शरण कुमार राई अध्यक्ष हुनुभएकोमा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।’’ भनेका छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकता भएपश्चात् जिल्लामा एमालेको तर्फबाट प्रेमकुमार राई अध्यक्ष र माओवादी केन्द्रको तर्फबाट विमल खड्का सचिव रहेका थिए। खड्का प्रदेश १ को सदस्यको समेत जिम्मेवारीमा थिए। पार्टी विभाजनपश्चात अध्यक्ष राई केपी ओली नेतृत्वको नेकपाको केन्द्रिय सदस्य भएका छन्।

आफू प्रदेश सदस्यको हैसियतमा रहेको र तत्कालका लागि जिल्लामा सचिवको हैसियतमा अन्य जिम्मेवार नेताहरु नै रहेकाले सचिव पद खड्काले अस्वीकार गरेका हुन्।
माधव प्रचण्ड समुहबाट पार्टी अध्यक्ष बनेका शरण राईले भने मंगलबार नै पदभार ग्रहण गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP