वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी

दिप खबर
फाल्गुन १२, २०७७

वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमहानगर २ वडा कार्यालयले सो वडामा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेपछि उनीहरू खुसी भएका हुन् ।
‘२ नम्बर वडा क्षेत्रफलका आधारमा अन्य वडा भन्दा ठुलो छ । ९ जनाले पनि पैदल हिँड्नु पर्दा स्थानीय जनतालाई स्वास्थ्यको क्षेत्रमा सेवा दिन गाह्रो हुने गर्दथ्यो, अब भने साइकलले छोटो समयमा नै सेवा दिन पाउँदा आफुँ खुसी भएको महिला स्वास्थ्य स्वयंसेविका रुकमिणि कोइलाले बताइन् ।’

जनप्रतिनिधि आएपछि इटहरी मै पहिलो पटक साइकल वितरण गरेकोमा वडा कार्यालयलाई स्वास्थ्यस्वयम सेविकाले धन्यावाद व्यक्त गरेका छन् ।

वडा कार्यालयले एक कार्यक्रम गरी समाजमा योगदान पुर्याएको भन्दै दोसल्ला ओएर सम्मान गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष हर्क बहादुर मगरले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने इटहरीकै पहिलो वडा भएको बताए । उनले स्वयंसेविका समस्यालाई मध्यनजर गर्दै वडामा कार्यरत ९ जना स्वास्थ्यस्वयम सेविकालाई साइकल वितरण गरिएको जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP