इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा ६बस्ने १९ वर्षीय सं जोक महरा रहेका छन् । उनले गत माघ ४ गते इटहरी ४ आइतबारेमा सडक पार्किङमा राखिएको तेज बहादुर आलेको नाममा रहेको लु६८प१३३० नम्बरको पल्सर बाइक चोरी गरी फरार रहेका थिए । इलाका प्रहरी कार्यालयको विशेष टोलीले खोजी गरिरहेको थियो । उनकै घरमा लुकाई राखिएको छ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । महरालाई चोरीको मोटरसाइकल सहित चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP