प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै इटहरीका विद्यार्थीले केक काटे

प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै इटहरीका विद्यार्थीले केक काटे

प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन मनाउँदै आज इटहरीमा विद्यार्थीहरूले केक काटेका छन् । स्ववियु चुनाव हुने इटहरीको एक्लो क्याम्पस जनता बहुमुखी क्याम्पसका विद्यार्थीले केक काटेर प्रधानमन्त्रीको ७० औं जन्मदिन मनाएका हुन् ।

अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष उज्वल सिग्देलले प्रधानमन्त्रीको साहस क्षमता र साहसको कदर गर्दै जन्मदिन मनाएको जानकारी दिए । उनले ६८ औं जन्मदिन पनि दुई वर्ष अघि तत्कालिन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले केक काटेर मनाएको स्मरण गराउँदै यो पटक पनि निरन्तरता दिएको बताए । कार्यक्रममा दुई दर्जन बढी विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।