धरान प्रहरीद्धारा एकै दिन ७ जना लागू औषध कारोबारी पक्राउ गर्न सफल

फाल्गुन ११, २०७७

धरानबाट एकै दिन सात जना लागुऔषध कारोबारी युवाहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान ३ का विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठ, धरान(८ का यज्ञबहादुर खड्का, सोही वडाका आकाश श्रेष्ठ, धरान(१३ का ओमप्रकाश कार्की धरान १५ सयपत्री मार्गबाट कृष्ण थापामगर छन् ।

धरान ३ बाट विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठलाई ब्राउन सुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

लागूऔषध कारोबारको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई खोजतलास गर्ने क्रममा साथबाट ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भृकुटी पथबाट विनयको कोठामा प्रहरी पुग्दा विनयले लागूऔषध खैरो हेरोइन बिक्री गर्ने प्रयोजनको लागि प्लास्टिकमा प्याकिङ गर्दै गरेको अवस्थामा ५ ग्राम खैरो हेरोइन फेला परेको थियो ।
प्रारम्भिक सोधपुछ गर्दा बरामद हुन आएको लागूऔषध उत्सव र उमेशसँग मिलेर बिक्री वितरण गर्ने प्रयोजन भएको खुलेपछि उनीहरू पक्राउ परेका थिए ।

पक्राउ परेका उनीहरूमाथि मङ्गलवार नै सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार नै धरान ७ तरेवा होटेल अगाडिबाट धरान १३ बस्ने वर्ष २६ का ओमप्रकाश कार्कीलाई १ ग्राम ६०० मिलीग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको छ । उनीमाथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

त्यस्तै सोमबार धरान ८ लाङ्घाली चौक बस्ने ४५ वर्षीय यज्ञबहादुर खड्काले आफ्नो घर कोठामा लुकाइराखेको लागूऔषध डाइलेक्स डिसी १०० एमएल लेखिएको २ बोतल, नाइट्रोजन ट्याब्लेट १६५ चक्की र स्पास्मो प्रोक्जोभिन ७२ क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।

धरान ८ बस्ने वर्ष २९ को आकाश श्रेष्ठबाट डाइलेक्स डिसी १०० एमएल लेखिएको २ बोतलसमेत फेला परेको प्रहरीले जनाएको छ । उनलाई पनि पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

धरान १५ सयपत्री मार्गबाट ४० वर्षीय कृष्ण थापामगरलाई लागूऔषध १ ग्राम ८०० मिलीग्राम सहित फेला पारी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP