प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले १ नम्बर प्रदेश भरि हर्न निषेधित क्षेत्रलाई निरन्तरता दिएको छ । सोमबार इटहरी लगायत प्रदेश १ का विभिन्न ठाउँमा ट्राफिक प्रहरीले बस, ट्रक, ट्याक्टर, तथा अन्य सवारी चालकहरुलाई एक मिनेट रोकेर नमस्कार गर्दै हर्न नबजाउनका लागि अपिल गरेका थिए ।
प्रहरीले बिशेष अबस्था बाहेक सामान्य अवस्थामा हर्न नबझाउन अनुरोध गरेको छ । बढ्दो सवारी चापका कारण ध्वनि प्रदुष्षण समेत बढ्दै गएपछि हर्न निषेधित कार्यलाई निरन्तरता दिइएको प्रहरीको बनाई छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले ट्राफिकले रचनात्मक काम गर्नका निम्ति चालकलाई नमस्कार गरेर हर्न नबजाइदिन अपिल गरिएको जानकारी दिए । अन्य समयमा पटक–पटक ट्राफिकले दुःख दिने गरेको गुनासो बोकेर कार्यालय आउनुपर्ने र सवारी चालक ट्राफिकबाटै पीडित बन्नुपरेको उदाहरण सम्झदैँ एसपी शर्माले भने, ‘चालक अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात माग्नका लागि ट्राफिकले चेकिङ गर्ने भएपनि हामीले यो फरक अभ्यास गरेका हौँ, ट्राफिकबाट कोही पनि पीडित बन्न नपरोस् भन्ने अभ्यास पनि हो ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP