इटहरी ९ नम्बर वडा कार्यालय भवनको शिलान्यास

दिप खबर
फाल्गुन ९, २०७७

इटहरी वडा नम्बर ९ वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । इटहरीको हटिया लाइनमा निर्माण हुने उक्त वडा कार्यालय भवनको एक समारोहबीच उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले शिलन्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर चौधरीले निर्धारित समयमै निर्माणकार्य सक्न र भवनसंहीताको पूर्ण पालना गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै स्थानीय समुदायलाई निगरानी र समन्वय गरेर काममा सघाउन पनि आग्रह गरे ।
वडाकार्यको भवन जिल्ला विकास समितिको ५० लाख लगानि रहने छ भने इटहरी उपमहानगपालिकाको बाकीँ रकममा भवन सम्पन्न हुने छ । दुई तले उक्त भवन ६ कोठाको रहने र चालु आर्थिक वर्ष भित्रमै सम्पन्न गर्ने योजना रहेको इटहरी उपमहानगरपालिका वडा न ९ का अध्यक्ष भुपेन्द्र बरालले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP