इटहरीको सुर्य कम्प्लेक्समा रहेको स्वारा स्किन एण्ड हेयर क्लिनिकले आज (आइतबार) दोस्रो वार्षिकउत्सव मनाएको छ । क्लिनिकले आज एक कार्यक्रmम गरी केक काटेर वार्षिक उत्सव मनाएको हो ।
आधुनिक लेजर पद्धतिबाट उपचार गरिदै आएको क्लिनिकमा विशेषत युवा पुस्ताका बिरामीहरु उपचारको लागि आउने गरेको डाक्टर मनोज चौधरीले बताए । त्यसै गरी सौन्दर्य सम्बन्त्री कुनै पनि समस्या भए आएर आफ्नो समस्या समाधान गर्न सक्नुहुने डा. चौधरीले बताए ।
वार्षिक उत्सवको अवसरमा क्लिनिकले १ हप्ताभर छाला, कपाल, नङ, कुष्टरोग तथा सौन्दर्य सम्बन्धी निशुल्क परामर्श दिने भएको छ भने कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतको पनि छुटको व्यवस्था लागु गर्ने स्वारा क्लिनिकका संचालक अनिल यादवले जानकारी दिए ।
पछिल्लो समय मानिसहरु आफ्नो सौदन्र्यको निकै नै ख्याल राख्ने गर्दछन् । सबैको झुकाब सौन्र्दयमा गएर अड्केको छ ।
परिवतित बातावरणसँगै मानिहरुमा छालामा आउने समस्याको समाधान गर्नको लागि स्वारा क्लिनिकको स्थापना गरिएको संचालक समितिको भनाई छ । त्यस्तै छालाको समस्याकै कारण अन्यन्त्र जानुपर्ने बाध्यताको अन्त्य गर्न पनि क्लिनिकको स्थापना गरिएको बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP