सुरुवात इटहरी युवा क्लबले गर्यो बजार सरसफाई

दिप खबर
फाल्गुन ९, २०७७

सुरुवात इटहरी युवा क्लबले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार इटहरी २ स्थित हवाई चौकको बजारमा सरसफाई गरेको हो । साप्ताहिक रुपमा लाग्ने बजारमा अत्याधिक फोहोर हुने हुदाँ सरसपफाई गरिएको क्लबका अध्यक्ष सरोज तामाङले जानकारी दिए । उनले भने ‘अहिले क्लबमा ३० जनाको युवाहरुको समुह छ । जहाँ समस्या पर्छ, हाम्रो क्लब त्यहाँ पुग्छ, भन्ने उद्देश्यले सामाजिक क्षेत्रमा लागेका हौं ।’ उनीहरुले केही अघि मात्रै पनि हवाईचौकबाट तालतलैया जानेबाटोमा रहेको खोलाको पुलमा समेत रङरोगन गरिएको अध्यक्ष तामाङले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP