एट्लेटिको मड्रिड घरेलु मैदानमा पराजित

फाल्गुन ९, २०७७

सुनसरी : स्पेनिस ला लिगाको शीर्ष क्लब एट्लेटिको मड्रिड गएराति घरेलु मैदानमा लेभान्टेसँग २–० को पराजित भएको छ। योसँगै शीर्ष स्थानमा एट्लेटिकोको पकड कमजोर बनेको छ। 

लेभान्टेसँगको दोस्रो भेट पनि एट्लेटिकोका लागि सुखद रहेन। जोसे लुइस मोरालेसले गरेको गोलबाट लेभान्टेले ३०औं मिनेटमा अग्रता लियो। जर्ज डी फ्रुटोसले इन्जुरी समयमा अर्को गोल थपेपछि एट्लेटिको घरेलु मैदानमा स्तब्ध बन्यो। 

यसअघि पनि एट्लेटिकोले लेभान्टेसँग १–१ को बराबरी खेलेको थियो। 

एट्लेटिकोले गोलका लागि २८ अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न असफल रह्यो। पराजित हुनुका बाबजुद एट्लेटिको ५५ अंकका साथ शीर्ष स्थानमा यथावत छ। 

तर त्यसपछि भएको अर्को खेलमा रियाल मड्रिडले रियाल भालाडोलिडलाई १–० ले पराजित गर्दै एट्लेटिकोसँगको दुरी तीन अंकमा छोट्याएको छ। तथापि एट्लेटिकोले २३ खेल खेलेको छ भने रियालले २४ खेल खेलेको छ। २२ खेलबाट ४६ अंक जाडेको बार्सिलोना तेस्रो स्थानमा छ। 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP