मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु भएको छ । आज साँझ करिब साढे ७ बजेको समयमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा उर्लाबारी ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको मृत्यु भएको उर्लाबारी ट्राफिक प्रमुख टायम सिवाकोटीले जानकारी दिए ।
प्रदेश १(००१क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP