‘प्रचण्डको पतनको बाटो शुरु भईसक्यो, अब झाँक्रीले पनि बचाउन सक्दैनन्’: प्रधानमन्त्री ओली

दिप खबर
फाल्गुन ८, २०७७

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको पतनको बाटो शुरु भईसकेको नेकपा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शनिबार विराटनगरमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले ‘प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’ ‘राजनीतिमा सिद्धी नै सकेका प्रचण्डलाई, दुई–चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर ठूलो जुरो हालिदिएको थिएँ, जुरो हालिदिएपछि अनि लामो सिंह भएपछि उहाँमा अचानक अहंकार बढ्यो, षड्यन्त्रमा लाग्नुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘तर अब उहाँको नियति असफलता बाहेक केही हुन्न, तर अझै पनि उहाँलाई म भन्न चाहन्छु– तपाईं फर्कन चाहनुहुन्छ भने नेपाली जनताको सागरमा मिसिनुस् ।’

प्रधानमन्त्री ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेकोमा असन्तुष्टि व्यक्त गरे । उनले संवैधानिक पदहरु नै सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

ओलीले आफू झगडिया नभएको बताउदै सभामुखलाई किर्तेको संज्ञा दिदैँ सरकारविरुद्ध मुद्दा लिएर अदालत गएको उल्लेख गरे । ‘सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकार विरोधी झगडिया हुन् सभामुख’, उनले भने, ‘उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।’

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दवहादुर पुनको पछिल्लो कार्यको पनि आलोचना गरे । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाष्णा गरेर हिडनुभएको छ । चुनाव गर्नु हुदैन भन्नुहुन्छ, उहाँको पदले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस’, प्रधानमन्त्री ओलीको भनाई थियो ।
त्यस्तै ओलीले तोकिएकै समयमा चुनाव हुने समेत बताए । कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहका नेताहरु रामबहादुर थापा,सुवास नेम्वाङ, प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई लगायत केन्द्रिय मन्त्री तथा नेताहरुले जनसभालाई सम्बोधन गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP