लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले गर्यो बृहत मेगा प्रोजेक्ट

दिप खबर
फाल्गुन ८, २०७७

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले बृहत कार्यक्रम गरी मेगा प्रोजेक्ट २०२०÷२०२१ सम्पन्न गरेको छ । शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका को ६ महेन्द्र माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बृहत स्वास्थ्य शिबिर, विद्यालयका गरिब, जेहन्नदार विद्यार्थीलाई कापी, झोला, ब्ल्याङ्केट,औषधी निशुल्क वितरण गरेको हो । विराटनगरको नोबेल मेडिकल अस्पतालको सहकार्यमा भएको कार्यक्रममा सयौं स्थानीय बासिन्दाले स्वास्थ्य सेवा लिएका छन् । त्यस्तै विद्यालयका ३० जना छात्राछात्रलाई ब्ल्याङ्केट र ५० जना छात्राछात्रलाई कापी झोला वितरण गरिएको क्लबकी अध्यक्ष लक्ष्मी बराल गौतमले जानकारी दिइन् ।
नोबेल अस्पतालबाट आएका ३० जना स्वास्थ्यकर्मीले स्त्रीरोग, बालरोग, आखाँ जाचँ लगायत सम्पुर्ण सेवा प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष बरालले क्लबको ईतिहासँमा अहिले सम्मकै धेरै सर्वसाधरणको उपस्थितिमा सेवा दिन पाउँदा खुसी लागेको बताइन् । जहाँ दुख त्यहाँ लायन्स भन्ने बिचारमाथि प्रकाश पार्दै बरालले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताइन् ।
कार्यक्रममा मल्टिपल माउन्सिल चियर पर्सन ३२५ इन्द्र खत्री (राजन), एम जे फ फस्ट भि डि जि ३२५ ए वान रेवत बहादुर कार्की, नोबेल अस्पतालका प्रबन्धक नारायण दाहाल, ट्रेनिङ पुल चिफ धिरज गुरुङ, एरिया टिम लिडर रेखा गुरुङ, एओजी चार्टर राजेन्द्र केशरी घिमिरे, जोन चियर पर्सन निर्मला चौधरी पौडेल, डिस्ट्रिक चियर पर्सन थानेश्वर ढकाल लगायतको उपस्थित रहेको थियो ।
आफ्नै गाउँमा निशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP