इटहरीमा फागुन १३ गतेबाट प्रदेश स्तरिय भेटानकप फुटबल हुने

फाल्गुन ६, २०७७

इटहरीमा फागुन १३ गतेदेखी एक नम्बर प्रदेश स्तरिय भेटान कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक हाम्रो इटहरी भेटान क्लबले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

इटहरी ५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म चल्ने आयोजक इटहरी भेटान फुटबल क्लबका अध्यक्ष मन्दिप कुमार राइले जानकारी दिए । प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहने अध्यक्ष राइले बताए ।

१२ लाख रुपैया खर्च हुने प्रतियोगितामा बिजेता टिमले ५५ हजार रुपैया र उपबिजेताले ३१ हजार रुपैया पुरस्कार पाउने छनर । इटहरी उपमहानगरपालिकाको संयोजनमा हुने प्रतियोगिताको उद्धघाटन र समापन इटहरी नगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीले गर्ने आयोजकले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP