सुनसरीको रामधुनीको भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । रामधुनी २ धर्मकाटा नजिक पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२च३३१२ नम्बर पिकअप र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को३१प३१४७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखादाँ ३ जना घाइते भएका थिए । मृत्यु हुनेमा रामधुनी ३ बस्ने अन्दाजी २२ वर्षको सुरज चौधरी,रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा राती ११ः २५ मा अस्पतालमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । ३ जना सवार मोटरसाइकलमा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका २२ वर्षका जीवन चौधरी र २९ वर्षीय देव नारायण चौधरी छन् । जीवनको अवस्था भने गम्भीर रहेको छ । उनीहरू दुवैको अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने पिकअप चालक मोरङ सुन्दरहरैंचा १० बस्ने ३६ वर्षीय दिलबहादुर कामी र पिकअपलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP