भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न १६ वर्षीय दिनेश भट्ट पक्राउ, यसरी भयो हत्या

फाल्गुन ५, २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन्। गएको माघ २१ गते भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका हुन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत भट्टले आफुँलै नै भागरथीको बलात्कार गरि हत्या गरेको बताएका हुुन् ।


कसरी भयो हत्या ?
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । घर परिवार छरछिमकमा हल्लाखल्ला मच्चियो, उनीहरुले खोजतलासका लागि प्रहरीलाई आग्रह गरे । प्रहरी सगैं स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्ट पनि सहभागी थिए ।

तर, भट्टको बलात्कारपछि हत्यामा उनकै संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो ।

प्रहरी निगरानीमा रहेका व्यक्ति नै प्रदर्शनमा आउन थालेपछि संघर्ष समितिका व्यक्तिसँग आन्दोलनलाई रोकिदिन पनि अधिकृतहरुले आग्रह गरेका थिए ।

हत्याका लागि बलियो कारण समेत उनले बयानका क्रममा खुलाएका छन् ।

पिडक र पिडितका दुई परिवारबीच लामो समयदेखि रहेको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन् । उनले विद्यालयबाटै पछ्याउँदै आएको भनेका छन् ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेको आरोपीको बयान छ ।

त्यसक्रममा झाडीमा लडाएर हत्या गरेको उनले भनेका छन् ।

जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टले भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । उनलाई घिसारिएको जस्तो संकेत झाडी मडारिएकाले पनि देखिएको थियो । जबरजस्ती तानेकै कारण शरीरका विभिन्न भागमा पनि चोट देखिएको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुको नेतृत्वमा टोली खटिएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP