दिपखबर डटकमको शुभारम्भ

फाल्गुन ४, २०७७

एभरेष्ट मिडिया एण्ड एड एजेन्सी प्रालिद्धारा सञ्चालित दीप खबर डटकमको आज एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । इटहरी ४ मा मुख्य कार्यालय रहेको मिडियाको प्रदेश सांसद सर्वध्वज सावाँले रेबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद सावाँले प्रदेश १ को विश्वासिलो र भरपर्दो माध्यम बन्न शुभकामना दिए । यस्तै पूर्व सांसद तथा नेकपा सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले आवाज विहीनहरूको आवाज बनी खबर सम्प्रेषण गर्न आग्रह गरे । उनले अनलाइन तथा युट्युब अहिले सबै भन्दा सजिलो माध्यम भएकाले पाठक, दर्शक श्रोताको रोजाई बन्न सकोस् भन्दै शुभकामना दिए । त्यस्तै इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले अहिले अवस्थामा अनलाइन र युट्युब लगायत सामाजिक सञ्जालको प्रयोगकर्ता अत्यधिक बढिरहेको बताउँदै दिपखबर पाठकको रोजाई बन्न शुभकामना दिइन् । उनले समाजमा रहेका विकृति, भ्रष्टाचार तथा सामाजिक अपराधका विषयमा खुलेर समाचार सङ्कलन गर्न समेत आग्रह गरिन् । प्रालिका सञ्चालक सम्राट थापाले हरेक निकायसगँ समन्वय गर्दै अघि बढ्ने बताए । उनले समाजमा रहेका सम्पुर्ण गतिबिधिलाई नजिकबाट नियाल्दै पाठकको विश्वासिलो माध्यम बन्ने बताए ।

एभरेष्ट मिडिया एण्ड एड एजेनसीद्धारा दीप खबर डटकम र युट्युब च्यानल सञ्चालन गर्ने छ । यस मिडियामा हरेक विषयमा खोजी पत्रकारीताका माध्यमबाट समाचार प्रसारण गर्ने छौँ । समाजमा रहेका विसङ्गति, विकृति तथा आवाज विहीनहरूको आवाज बन्नेछौँ । राष्ट्रको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रलाई आत्मसात् गर्दै समाज जागरूक बनाउने विषयमा सदैव कलम चलाई रहनेछौँ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP