आन्दोलनले कार्यकर्ता र नेताहरूको मिलन गराउने नेकपा स्थानी कमिटी सदस्य पुनको भनाई

दिप खबर
फाल्गुन ३, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री वर्षमान पुन अनन्तले चौथो चरणको आन्दोलन मोडभेडको नभई जनता र संविधानको रक्षाका लागि भएको बताएका छन् । नेकपा सुनसरी माधव प्रचण्ड (समूह) को चौथो चरणको आन्दोलन परिचालन कमिटीले गरेको भेलालाई सम्बोधन गर्न इटहरी आइपुगेका पुनले संविधानको बचाउ गर्दै गलत प्रवृत्तिका नेतृत्वलाई सचेत हुनलागि मात्रै आन्दोलनको आयोजना गरिएको बताए । साथै आन्दोलनले नेता तथा कार्यकतामा एक आपसमा मिलन तथा नजिक हुने माध्यम समेत रहेको बताए ।

गत पुस ५ गतेको संविधानको मर्म भावना विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको आलोचना गर्दै संविधान नमान्ने सरकारले ल्याएको चुनाव हुनै नसक्ने यदि भए पनि आफूहरू सहभागी नहुने उनको भनाई छ । जनताको लामो सङ्घर्ष र बलिदानले पाएको संविधानलाई नेतृत्वमा पुगेका नेताहरूले संविधानको खिल्ली उडाएको समेत उनको तर्क थियो ।

त्यस्तै नेकपा प्रदेश १ इन्चार्ज भीम आचार्यले केपी ओली गुट बाहेक अरू कुनै पनि पार्टी, तथा निकायहरूले समर्थन नगरेको बताए । जो ओलीको नजिक छन् । उनीहरूले मात्रै असबैंधानिक कदमको भजन गाउँदै हिँडेको उनको तर्क थियो । जनताले केपी ओली प्रधानमन्त्री हुँदा के के न हुन्छ भन्थे तर नेतृत्वमा गलत व्यक्तिको हाबी हुँदा संविधानको मर्म अनुरूप काम नगदाँ आज यस्तो दिन आएको आचार्यको भनाई छ ।

“ओलीको कुनै ध्यान छैन । पार्टी तिर मतलब छैन । २० औँ वर्ष देखि पार्टीमा योगदान गर्ने नेताहरूको मतलब छैन । उनलाई मतलब छ त आफ्नो गुटको, पदको आर्चायले भने ।”ओलीले गरेको सेटिङ जनताले लात हानेर भत्काउने समेत उनको भनाई छ । कार्यक्रममा माधव प्रचण्ड समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री लगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूले सम्बोधन गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP