नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीको अध्यक्षमा यामकुमार सुब्बा चयन भएका छन् । शनिवार जिल्ला कमिटीले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेकपा ओली समूहको भेलाले उपाध्यक्षमा चूडाराज भट्टराई, सचिवमा दुखिलाल चौधरी, सहसचिवमा मदन कार्कीलाई जिम्मेवारी दिएको छ । नेकपा फुटको सङ्घारमा केन्द्रदेखि प्रदेश र स्थानीय तह सम्मै आएपछि ओली समुहले जिल्ला भेला तथा स्थानीय तहहरूमा जिम्मेवारी बाडफाडँ गर्दै आएको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP