मोरङमा सवारी दुर्घटनाका कारण साइकलयात्रीको मृत्यु

फाल्गुन २, २०७७

मोरङमा सवारी दुर्घटनामा परी साईकलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोक मार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ट्रकको ठक्करबाट साइकल यात्री मोरङको लेटाङ नगरपालिका २ बस्ने ६७ बर्षीय रत्नबहादुर श्रेष्ठको शनिवार साँझ मृत्यु भएको हो।

पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५६९१ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा साँझ मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानबाट मृतक श्रेष्ठले अत्यधिक मादक पदार्थ सेवन गरेर साइकलमा यात्रा गरिरहेको खुलेको छ। ट्रक र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय अमिर राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP