आज सुनचाँदिको यस्तो छ, दरभाउ

आज सुनचाँदिको यस्तो छ, दरभाउ

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।