भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा घटनास्थलमै १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा घटनास्थलमै १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा घटनास्थलमै १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।
तीर्थयात्री सवार बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् । उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।