झुुम्का जेसिज वर्ष २१ को अध्यक्षमा चौंलागाई

फाल्गुन २, २०७७

झुम्का जेसिज वर्ष २०२१ को अध्यक्षमा बलराम चौंलागाई निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा अर्का अध्यक्ष पदकी दावेदार आशा चौधरीलाई १ मतको अन्तरले पराजित गर्दै चौंलागाई झुम्का जेसिज वर्ष २०२१ को अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १०० मतदाता मध्ये ९३ मत खसेको थियो, जसमा अध्यक्ष पदकी दावेदार चौधरीले ४६ मत प्राप्त गरेकि थिईन भने अर्का अध्यक्षका दावेदार चौंलागाईले ४७ मत ल्याएर झुम्का जेसिज वर्ष २०२१ को अध्यक्ष बनेका हुन् ।

त्यसै गरि कार्यकारी उपाध्यक्षमा सरोज कोईराला र सागर पराजुली सर्वसम्वत चयन भएका छन् । उपाध्यक्ष पदमा तारा भट्टराई रोहित नेपाल कमल कुमार शाह र किरण चापागाई निर्वाचित भएका छन् । उपाध्यक्ष पदकालागि ७ जनाले उम्मेद्वारी दिएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP