निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । आयोगले निर्वाचन आचारसंहिताबारे छलफल भन्दै गर्न सबै दलका प्रतिनिधि तथा प्रमुखहरुलाई आज निर्वाचन आयोगको कार्यालयमा बोलाइएको छ ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिएको र यसबारे छलफल गर्नु पर्ने भन्दै निर्वाचन आयोगले दलका प्रतिनिधिहरुलाई बोलाएको हो ।
यो छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र अन्य दलका अध्यक्ष तथा सभापतिहरुलाई बोलाइएको छ । छलफल आज ११ बजे निर्वाचन आयोगको कार्यालयमा हुने भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै १७ र २७ वैशाखमा दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP