नेकपा ओली समुह सुनसरीले पायो पुर्णता, अध्यक्षमा भण्डारी सहित ४ सय ६७ सदस्य चयन

फाल्गुन २, २०७७

नेकपा सुनसरीका नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सनिबार सम्पन्न भएको छ । सुनसरीको सदरमुकाम इनरुवामा भएको कार्यक्रममा नेकपा ओली समूहका नवनियुक्त अध्यक्ष रेवतीरमण भण्डारी,उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव, सहसचिव लिलम वस्नेत, संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् ।

साविकका थप गरि ४ सय ६७ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले सपथ गराएका हुन् । त्यस्तै नेकपाले सुनसरीका बाह्र वटै स्थानीय तहको अध्यक्ष समेत तोकेको छ । जिल्ला अध्यक्ष भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा,धरानमा हर्कजंग एभेङ्ग,दुहवी खडग नारायण उराउ, वराहक्षेत्र गजेन्द्र थापा, रामधुनी योगेन्द्र खडका, इनरुवा विदुर सुवेदी, गढि प्रभाकर माझी, वर्जु दिल कुमार गुरुङ्ग, देवानगंज राम प्रसाद मेहता, हरिनगर जय प्रसाद शाह, भोक्राहा नरसिंह अक्रम अन्सारी, कोशी रामखेलन शाह रहेका छन् ।

वैठकले गत पौष ५ गतेको प्रधानमन्त्रीले लिएको निर्णयको समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । वैठकले आगामि वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चार ओटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ दृढतापूर्वक अघि बड्ने प्रतिबद्धता व्यक्त गरेको छ । फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरीवाट ३० हजार सहभागिता गराउने गरि तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

त्यस्तै नेकपाको धरान नगर सचिवमा ठाकुर कार्की चयन भएका छन्, इन्चार्जमा मञ्जु भण्डारी र सह–इन्चार्जमा ऋषिराज राइ रहेका छन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP