वैदेशिक रोजगार विभागको इटहरीका म्यानपावरमा छापा, ठगी गर्ने गिरोह भागाभाग

माघ ३०, २०७७

वैदेशिक रोजगार विभाग काठमाडौँले इटहरीमा रहेका म्यानपावर माथि छापामारेको छ । विभिन्न बहानामा वैदेशिक रोजगारमा गएका व्यक्तिलाई ठगी गरी पैसा असुल्ने, नक्कली प्रमाण पत्र बनाएर मेनवापर सञ्चालन गर्ने, बोर्ड नराखी कम्पनी राख्ने तथा अवैधानिक तरीकाले विदेश पठाउने कम्पनी माथि छापा मारेको हो ।

उक्त अवधिमा इटहरीमा रहेका मध्ये ६ ओटा म्यानपावरमा अनुगमन गरिएको थियो । अनुगमन गरिए मध्ये मेमोरियल ट्राभल एण्ड टुर्सको नाममा नक्कली म्यानपावर सञ्चालन गरी रकम लिने कम्पनीलाई ताला लगाएको छ । यस्तै एचआर इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रालिले नक्कली प्रमाणपत्र बनाइ सञ्चालन गरी रहेको पाइएपछि उक्त कम्पनीको पनि कागजपत्र पनि बरामद गरेको छ ।

त्यस्तै सोही भवनमा रहेको ब्रिज स्काई इन्टरनेशनल प्रालिका सञ्चालकले भने कार्यालय बन्द गरेर फरार भएका विभागका शाखा अधिकृत तीर्थराज कट्टेलले जानकारी दिए ।

वैदेशिक रोजगारका क्रममा विदेशी भूभागमा नेपाली युवा युवती ठगिको मुद्दा विभागमा आउन थालेपछि प्रदेश १ मा सहरहरूमा अनुगमनलाई तीव्र गराएको अर्का शाखा अधिकृत कुशल बरालले बताए ।

इटहरीमा सम्बन्धित प्रक्रिया पुरा गरी ७ वटा मात्रै म्यानपावर रहेको विभागको तथ्याकंमा उल्लेख छ । तर इटहरीमा २ सय भन्दा बढी म्यानपावर र ८ सय भन्दा धेरै व्यक्तिहरू उक्त अवैधानिक धन्दामा बिचौलियामा लागेको विशेष श्रोतले जानकारी दिएको छ ।

विभागले छापा मारिरहेको छ भन्ने जानकारी पाएपछि अवैधानिक म्यानपावर सञ्चालन गर्नेहरू भागाभाग समेत भएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP