इटहरीमा एउटै ट्रिपरले दुुई मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्युु, दुई जना घाइते

माघ २९, २०७७

इटहरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुुई जना घाइते भएका छन् ।

इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई बुधबार मध्याह्न ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरीलाई उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान पुुर्याए लगत्तै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

त्यस्तै उक्त ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५ प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिदाँ मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँस्कोटा र मोटरसाइकलमा सवार सुनसरी इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीन वटै सवारी साधन र ट्रिपर चालक सुनसरी रामधुनी–३ का ३५ वर्षीय सलम कुमार सरदार ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP