छुरा प्रहार गरी फरार रहेका युवा ३ महिना पछि पक्राउ

छुरा प्रहार गरी फरार रहेका युवा ३ महिना पछि पक्राउ

धरानमा छुरा प्रहार गरि फरार रहेका एक युवा करिब तीन महिना पछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ५ देउराली किसान चोकका २४ बर्षीय तेज बहादुर भन्ने तेञ्जिङ तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार तामाङले गत कार्तिक २८ गते साँझ धरान १५ स्थित सेउती खोला बगरमा छुरा प्रहर गरेका थिए । उनले छुरा प्रहार गर्दा धरान १५ का २२ बर्षीय विष्णु बेघा गम्भीर घाइते भएका थिए ।

उक्त घटना पछि फरार रहेका तामाङलाई मंगलबार पक्राउ गरिएको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घटना पछि फरार रहेका तामाङको खोजी भइरहेकै थियो । उनलाई पक्राउ गरेर जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।