इटहरी वडा नम्बर १० मा स्वास्थ्य इकाई भवनको शिलान्यास

माघ २८, २०७७

इटहरी उपमहानगरका सबै वडाहरुमा स्वास्थ्य इकाई पुर्याउने उदेश्यले वडा नम्वर १० मा स्वास्थ्य इकाई भवनको शिलान्यास गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आज (बुधबार) स्वास्थ्य इकाई भवनको शिल्यान्यास गरेका हुन् । उनले यहि आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गरिने बताए ।

निर्माणको गुणस्तर र समयमा कुनै सम्झौता नहुने बताउँदै उनले इटहरीका सबै वडामा स्वास्थ्य संस्था पुर्याउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाई निर्माण गरिने बताए ।

ती मध्ये १० वटा शिलान्यास भएर काम सुरु भएको र केही सम्पन्न हुने अवस्थामा पुगेको उनले बताए । वडाध्यक्ष प्रकाश चौधरीले गाँउघरमै आधारभूत स्वास्थ्य सेवा पाइने अवस्था सृजना हुनु खुशीको कुरा रहेको उल्लेख गरे ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपैयाँको लागतमा एकतले चार कोठे भवन निर्माण हुने जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP