धरानमा छुरा प्रहार गरि फरार रहेका २३ वर्षीय युवा पक्राउ

धरानमा छुरा प्रहार गरि फरार रहेका २३ वर्षीय युवा पक्राउ

धरान: आइतबार राती छुरा प्रहार गरि गम्भीर घाइते बनाई फरार रहेका एक आरोपीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ६ घर भएका हाल धरान १५ बस्दै आएका २३ बर्षीय ईश्वर परियार रहेका छन् । उनले आइतबार राती करिब ८ बजेर ४० मिनेटमा धरान १५ का कैलाश मरिकलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरेर फरार भएका परियारलाई ईलाका प्रहरी कार्यालय धरानले हिजो (सोमबार) पक्राउ गरेको थियो ।

उनलाई आज (मंगलबार) सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि प्रहरीले सार्वजनिक गरेको हो । घाइते मरिकलाई घटनालगत्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएकोले थप उपचारको लागि मनमोहन सामुदायिक अस्पताल काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।