उपत्यका प्रवेश गरेलगत्तै रामकुमारी झाँक्रीलाई पक्राउ गरिने

माघ २७, २०७७

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राउ गर्ने तयारी गरिएको छ ।

आक्रामक अभिव्यक्तिका कारण विवादमा आएकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।
राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका छन् ।

झाँक्रीलाई माथिबाटै पक्राऊ गर्ने निर्देशन आएको बताइएको छ । उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी गरिएको बुझिएको छ ।

देश दौडाहामा रहेकी झाँक्री बुधबार काठमाडौं आउने बुझिएको छ । गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी तथा सेतो साडीमा लडेर चुनाव लडाउनु नै गल्ति भन्दै चर्काे आलोचना गरेकी थिइन् ।
उनी यतिबेला बाग्लुङमा छिन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP