अखिल नेपाल महिला सङ्घ सुनसरी जिल्ला इन्चार्जमा लक्ष्मी गौतम चयन

दिप खबर
माघ २६, २०७७

अखिल नेपाल महिला सङ्घ सुनसरीको जिल्ला इन्चार्ज लक्ष्मी गौतम चयन भएकी छिन् । महिला सङ्घ केन्द्रीय कमिटीले गौतमलाई इन्चार्जको जिम्मेवारी दिएको हो । तत्कालीन नेकपा एमाले पार्टी रहेका बेला जिल्ला इन्चार्ज रहेकी गौतम नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भए सगैं जिल्ला सहइन्र्चार्ज रहेकी थिन् । तर पुनः नेकपा भित्र फुटको अवस्था आएपछि केन्द्रीय कमिटीले गौतमलाई महिला सङ्घ जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।

सामाजिक रूपमा महिलाका हरेक विषयमा खरो रूपमा उत्रिने तथा महिला आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेकी गौतम हाल इटहरी उपमहानगरपालिकाकी उपप्रमुख तथा नेकपा केन्द्रीय सदस्य समेत हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP