इटहरी जेसीजद्धारा मिस हस्पिटालिटी २०२१ आयोजना

माघ २६, २०७७

इटहरीमा सामाजिक काममा महत्वपुर्ण स्थान ओगट्दै आएको जेसीजले मिस हस्पिटालिटी २०२१ आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

इटहरी जेसीजको इतिहासमा पहिलो पटक प्रदेश १ का १६ देखि २३ वर्ष उमेर समूहका युवतिहरुलाई सहभागी गराउने लक्ष्यका साथ प्रतियोगित आयोजना गर्न लागिएको इटहरी जेसीजले जानकारी दिएको छ । युवाहरुमा लूकेर रहेको प्रतिभा, कला, नेतृत्व क्षमतालाई निर्खानु यो प्रतियोगिताको मुख्य उद्देश्य रहेको जेसीजको भनाइ छ । प्रतियोगिताको पहिलो अडिसन फागुन १ गते इटहरीको होट इन टुरिष्टमा बिहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने अध्यक्ष जेसी प्रकाश राईले जानकारी दिए ।

यस्तै, दोश्रो अडिसन विराटचौक र धरानमा एक सातापछि सञ्चालन हुने उनको भनाइ छ । अडिसन फारम शुल्क दुई सय लाग्ने जेसीजले जानकारी दिएको छ । अडिसन राउण्डबाट २० जना छनौट हुने छन् । प्रतियोगितको फाइनल चैत्र ७ गते इटहरीमा हुने छ भने विजेता र उपविजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसँगै क्राउन, ट्रफि, टुर, म्यूजिक भिडियो खेल्ने अवसर, म्यागजिन कभर र इन्स्युरेन्स पाउने जेसीजले जानकारी दिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP