दिउँसो २ बजे प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

माघ २५, २०७७

प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ। गत माघ ७ गते सुरु भएको प्रदेशसभा बैठक २ मिनेट मै स्थपगत भएपछि १९ दिन पछि फेरी आज बस्न लागेको हो।

प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावबाहेक विजेनस नभएकाले प्रस्ताव टेवल हुने निश्चित छ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेवल हुन नदिने रणनीतिमा नेकपा ओली पक्ष रहेको छ। ओलीपक्ष आइतबारको बैठक बस्नै नदिने रणनीतिमा छ।

नेकपा औपचारिक रुपमा विभाजन नभएकाले प्रदेशसभाको बैठकको औचित्य नभएको नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए।

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेकाले कसैलाई कुनै किसिमको कारवाही गर्न नपाइने नेकपा दाहाल–नेपालपक्षका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले बताए। उनले अविश्वासको प्रस्तावलाई प्रकृयागत रुपमा अघि बढाउनुपर्ने बताए।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कुनैपनि हालतमा प्रदेशसभा बैठक रोक्न नहुने बताए। अविश्वासको प्रस्ताव संसदमा टेवल भएपछि कांग्रेसले निर्णय गर्ने उनले बताए। बैठक दिउँसो २ बजे बस्ने छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP