इटहरी —संवैधानिक परिषद्को बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बैठक डाकेका थिए तर निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका छ ।
बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभा सचिवालय स्रोतले जानकारी गरायो ।
उक्त बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP