नि:शूल्क स्वास्थ्य परीक्षण गर्न पाउदा इटहरीका अपाङ्गता भएका ब्यक्तिहरु खुशी

माघ १९, २०७७

इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निशूल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविरको उदघाटन गरेकि छिन् ।वडाध्यक्ष हर्क मगर र करुणा फाउण्डेसनकी सुनसरी संयोजक सगुन गुरुडले स्वास्थय शिविरका वारेमा वोले । डा गुञ्जन त्रिताल,डा उपासना पोखरेल,अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरे ।कार्यक्रममा अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ ।

 इटहरीमा माघ १८ देखि २६ गते सम्म अपाङ्गताभएकाहरुका लागि निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर सुरु भएको हो ।इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।

माघ १९ गते वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्वर ५,७र ८का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४,६ र ९का लागि इटहरी अस्पतालमा निशूल्क स्वास्थ्य शिविर हुने छ ।यसैगरि माघ २२ गते वडा नम्वर १०,११ र १२ का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।माघ २५ गते वडा नम्वर १७ र १८ का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १, १९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन  ।

उनका  अनुसार हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ । निशूल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र वालवालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP