मानब बस्तीमा ईटा भट्टा :स्थानियद्धरा पत्रकार सम्मेलन

माघ १९, २०७७

झापाको कमल गाउँपालिका १ रतनचौनमा मानब बस्तीमा  ईटा भट्टा खोल्न लागिको भन्दै स्थानियले पत्रकार सम्मेलन गरेका छन् ।  रतनचौन टोल विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी मानव बस्ती छेउउमा ईटा भट्टा खोल्न नदिने बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा वडाध्यक्ष सहित  स्थानीय बुढापाका, महिला,वालबालिका सहितको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा उपस्थित सबैको एउटै आवाज थियो – ईटा भट्टाले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ , त्यसकारण मानव बस्तीको बीचमा ईटाभट्टा खोल्न दिनु भनेको आफ्नो हत्या आफै गर्नु जस्तै हो ।

कमल गाउँपालिका १ का वडाध्यक्ष केदार कट्वालले उद्योग स्थापनाका विषयमा वडा कार्यालयमा कुनै सूचना नआएको बताए । उनले प्रदुषण युक्त उद्योगको विरुद्धमा स्थानीय बासिन्दालाई आफ्नो साथ सहयोग रहेको बताए । वडाध्यक्ष कट्वाले भने –उद्योगीले आफ्नो नीजि जग्गा हो भन्दैमा स्थानीय सरकार र सरोकारवालाहरू र सँधियारहरूलाई वेवास्ता गरेर गाँउको बिचमा भट्टा सञ्चालन गर्न पाईदैन । कानूनी प्रकिया पुरा गरेर कुनै उद्यान , कृषि उद्योग, पशुपालन वा अरु प्रदुषण नगर्ने प्रकार उद्योग खोल्न वडाध्यक्षको सुझाव छ ।

स्थानिय बासी तुलसीराम दङ्गालले २०७३ कात्तिक ९ गते तत्कालिन तोपगाछीबाट ईटा भट्टा खोल्न स्थानीयको सहमति माग भएको बताए । तर, त्यसैबेला हालका वडाध्यक्ष केदार कट्वालको अगुवाईमा स्थानीय ३२० परिवारको हस्ताक्षर सहित घरेलु उद्योग कार्यालय झापामा असहमति पत्र बुझाएको बताए । तर, भट्टा सञ्चालकले उतिबेला नै आफुहरुलाई धम्क्याएको समेत उनले बताए । दङ्गालले स्थानीयको असहमति हुँदा हुँदै भट्टा खुले आफुहरुलाई मान्य नहुने समेत बताए ।

रतनचौन टोल विकास समितिका अध्यक्ष सन्तोष कट्वालले साढे ३ सय परिवारको उठिबास हुने गरी कुनै पनि हालतमा भट्टा खोल्न नदिने बताउनुभयो । उहाँले गाउँपालिका उपाध्यक्ष बेणुप्रसाद शिवाकोटीले पनि अब प्रतिकारमा उत्रनु भनेको बताउनु भयो । उहाँले स्थानीय नागरिक प्रतिकारमा उत्रिदाँ हुने क्षतिको जिम्मा उद्योगीले नै लिनु पर्ने बताउनु भयो ।

उता उद्योग सञ्चालनको तयारीमा रहेका ब्यवसायी गुणराज थापा कानूनी प्रक्रिया नपु¥याई उद्योग नखोल्ने बताएका छन्  । उनले ‘हाइव्रेड हप मल्टिक्लिन ’ प्रविधिको उद्योग भएकाले वातावरण मैत्री हुने बताए । २५ करोड रुपियाँको लगानीमा सुरु हुने उद्योगले दैनिक ५० हजार ईटा उत्पादन गर्ने लक्ष्य रहेको र यति ठूलो प्रविधि मैत्री उद्योग खुल्दा त्यहाँका वासिन्दाको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने थापाको भनाई छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP